२४ पुष २०८२, बिहीबार

कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माद्वारा विशेष महाधिवेशनको घोषणा गरिंदै

कोलोराडोखबर संवाददाता , January 7th, 2026

नेपाल । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बुधबार विशेष महाधिवेशनको घोषणा गर्ने तयारी गरेका छन् ।

५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको माग सम्बोधन गर्न केन्द्रीय कार्यालयका तर्फबाट महाधिवेशन आह्वान गर्न लागेका हुन् ।

पार्टी सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग पटक पटक कुराकानी भएको र कुनै निकास ननिस्किएपछि विशेष महाधिवेशन आह्वान गर्न लागेको केन्द्रीय सदस्य अजयवाबु सिवाकोटीले जानकारी दिए ।

महामन्त्री थापाले यसअघि नै केन्द्रीय कार्यसमितिले नबोलाए महामन्त्रीको विशेषाधिकार प्रयोग गर्ने बताएका थिए ।

महाधिवेशन कार्यक्रमका लागि काठमाडौंको भृकुटीमण्डपस्थित हल एक सात आघि नै बुक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्