नेपाल । सरकारले इजरायलमा दीर्घकालीन सहायक श्रमिक (केयरगिभर) सहित कृषिक्षेत्रमा समेत नेपाली श्रमिक पठाउने गरी श्रम सम्झौताको स्वीकृत प्रदान गरेको छ ।
यसअघि दीर्घकालीन सहायक श्रमिकको दर्जा (केयरगिभर) मा संस्थामा काम गर्ने गरी मात्रै श्रमिक पठाउने गरेकोमा अब केयरगिभरको होम टु होम काम गर्ने र कृषिक्षेत्रमा काम गर्ने श्रमिक पठाउने गरी स्वीकृति भएको हो ।
सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले इजरायल सरकार र नेपाल सरकारबिच तीन क्षेत्रमा श्रमिक पठाउने गरी श्रम सम्झौता (जिटुजी) गर्ने गरी स्वीकृत गरेको छ । इजरायल सरकारले यी क्षेत्रमा नेपाली श्रमिक लैजाने विषयमा यसअगाडि नै निर्णय गरिसकेको थियो ।
ओमानसँग बिटुबी गर्न स्वीकृत
त्यस्ते नेपाल सरकारले ओमानसँग श्रम समझदारी (बिटुबी) मा स्वीकृति प्रदान गरेको छ । सोमबारको मन्त्रीपरिषद्को बैठकले ओमानसँग श्रम समझदारी गर्न सक्ने गरी स्वीकृति प्रदान गरेको हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्