२३ पुष २०८२, बुधबार

एनआरएनएको सदस्यता लिने म्याद १६ जनवरीसम्म थप

कोलोराडोखबर संवाददाता , January 6th, 2026

नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को फेब्रुअरी २३–२५ गते काठमाडौंमा आयोजना हुने १२ औँ महाधिवेशनमा भाग लिन चाहनेका लागि सदस्यता लिने म्याद १६ जनवरीसम्म थप गरिएको छ।

एनआरएनएका स्टेरिङ कमिटीले आइतबार बसेको बैठकमा ९ जनवरीसम्मको म्यादलाई बढाउँदै नयाँ म्याद घोषणा गरेको हो । महाधिवेशनमा प्रतिनिधि बन्न र निर्वाचनमा भाग लिन एमआरएस प्रणालीमार्फत सदस्यता लिन अनिवार्य छ ।

यसअघि एनआरएनएका अध्यक्ष डा. बद्री केसी र महेश कुमार श्रेष्ठले फेब्रुअरी महिनामा बृहत् एकता महाधिवेशन गर्ने सहमति गरिसकेका छन् ।

महाधिवेशनलाई राष्ट्रिय स्तरमा विवाद रहेका देशमा एकता कायम गर्ने उद्देश्यसहित गंगाधर गौतमको संयोजकत्वमा समन्वय समिति पनि गठन गरिएको छ ।

१२ औँ महाधिवेशनमा करिब ४ हजार प्रतिनिधिहरुको सहभागिता हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्