२३ पुष २०८२, बुधबार

राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवार बारे छलफल गर्न एमाले सचिवालय बैठक बस्दै

कोलोराडोखबर संवाददाता , January 6th, 2026

नेपाल । नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्दैछ ।

पार्टी कार्यालय च्यासलमा सचिवालय बैठक बस्ने केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ । साथै तालमेल प्रयासबारे अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्ने तयारी रहेको छ।

राष्ट्रियसभामा तालमेल गर्नेबारे कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच निरन्तर छलफल भए पनि तिनै दल कुनै टुङ्गोमा पुग्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्