२३ पुष २०८२, बुधबार

बेलायतमा दिउँसोको समयमा जंक फुडको विज्ञापनमा प्रतिबन्ध

कोलोराडोखबर संवाददाता , January 6th, 2026

अमेरिका । बेलायतमा सोमबारदेखि लागु भएको नयाँ नियमले दिउँसोको समयमा जङ्क फुडको टिभी र अनलाइन विज्ञापनमा प्रतिबन्ध लगाएको छ । यसलाई बेलायत सरकारले बाल्यकालको मोटोपनाको सामना गर्न “विश्वकै अग्रणी कार्य भनि” अर्थायएको छ ।

प्रतिबन्ध-चिल्लो पदार्थ, नुन वा चिनीमा उच्च उत्पादनका विज्ञापनलाई लक्षित गर्दै(हरेक वर्ष बच्चाको आहारबाट उल्लेख्य क्यालोरी हटाउने अपेक्षाले गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साँझ ९ः०० बजे भन्दा पहिले प्रसारण हुने यस्ता विज्ञापन बन्द गर्दै यसले मोटोपनासँग बाँचिरहेका बच्चाको सङ्ख्या २० हजारले घटाउने अपेक्षा राखेको मन्त्रालयले जनाएको छ ।

यसको कार्यान्वयन-पहिलो पटक डिसेम्बर २०२४ मा घोषणा गरिएको जनाइएको छ । जसमा पूर्व(प्याकेज गरिएका वस्तु जस्तै मिल्कशेक, रेडी(टु(गो कफी र मीठो दही पेय पदार्थ समावेश छ । स्थानीय अधिकारीलाई विद्यालय बाहिर स्थापना हुने फास्ट फूड पसल रोक्ने अधिकार पनि दिइएको छ ।

सरकारले विज्ञापनले बच्चालाई प्रभाबित पारी कम उमेरदेखि नै जङ्क फुड खान प्ररेति गरी मोटोपना र सम्बन्धीत रोगको जोखिम बढाउँने तर्क प्रस्तुत गरेको छ । यसले इङ्गल्यान्डमा प्राथमिक विद्यालय सुरु गर्ने पाँच वर्ष उमेरका २२ प्रतिशत बालबालिकामा अधिक तौल वा मोटो पनले ग्रसित हुने र माध्यमिक विद्यालयमा पुग्दासम्म प्रभाव झनै बढी हुने गरेको जनाइएको छ ।

अधिकारीका अनुसार सामान्यतया पाँचदेखि नौ वर्ष उमेरका साना बच्चा जङ्क फुडको सेवनपछि दाँतको समस्या समाधानका लागि बेलायतको अस्पतालमा भर्ना हुने गरेका छन् । “राति ९ बजेभन्दा पहिले जंक फूडका लागि विज्ञापन प्रतिबन्धीत गरि अस्वास्थ्य कर खानाको अत्यधिक जोखिम हटाउने स्वास्थ्यमन्त्री एशले डाल्टनले विज्ञप्तिमार्फत जनाउनु भएको छ ।

उहाँले यो कदम राज्य-वित्त पोषित राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस०लाई रोगको रोकथामका साथै उपचारमा ध्यान केन्द्रित गर्ने रणनीतिको एक हिस्सा भएको बताउँदै मानिसले स्वस्थ जीवन बिताउन सकून् भन्ने अभिप्रायले गरेको बताउनु भएको छ । ओबेसिटी हेल्थ एलायन्सका कार्यकारी निर्देशक क्याथरिन जेनरले यो कदम बच्चालाई उनीहरूको स्वास्थ्यलाई हानि पुर्याउने अस्वास्थ्यकर खाना र पेय पदार्थको विज्ञापनबाट संरक्षण गर्ने दिशामा स्वागत योग्य र लामो समयदेखि प्रतीक्षा गरिएको विषय भएको बताउनु भएको छ । परोपकारी संस्था “मधुमेह बेलायत”ले पनि विज्ञापन प्रतिबन्धलाई स्वागत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्