२१ पुष २०८२, सोमबार

अमेरिकाद्वारा भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई पक्राउ

कोलोराडोखबर संवाददाता , January 4th, 2026

अमेरिका । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार अमेरिकाले भेनेजुएलाको विरूद्ध ठुलो आक्रमण गरेको उल्लेख गर्दै वर्तमान राष्ट्रपति निकोलस मादुरो र उहाँकी श्रीमतीलाई पक्राउ गरी देश निकाला गरिएको बताउनु भएको छ ।

संयुक्त राज्य अमेरिकाले भेनेजुएला र राष्ट्रपति निकोलस मादुरो विरुद्ध सफलतापूर्वक आक्रमण गरी पत्नीसहित पक्राउ गरी देश बाहिर निकालिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल मार्फत जनाउनु भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपतिलाई बारम्बार “नार्को–आतङ्कवादी” सरकारको अध्यक्षता गरेको आरोप लगाएको जनाइएको छ ।

भेनेजुएलाले अमेरिका विरुद्ध काम गरेको आरोप लगाउँदै ट्रम्पले मादुरोलाई पदबाट हट्न आह्वान गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्