१९ पुष २०८२, शनिबार

वैदेशिक रोजगार व्यवसायी कम्पनीबाट जापानमा श्रमिक पठाउने बाटो खुला

कोलोराडोखबर संवाददाता , January 3rd, 2026

नेपाल । सरकारले जापानमा इन्टरनेसल ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत प्रशिक्षार्थीको श्रमिक पठाउने निर्देशिका खारेज गरेसँगै वैदेशिक रोजगार व्यवसायी कम्पनीबाट जापानमा श्रमिक पठाउने बाटो खुलेको छ ।

मन्त्रीपरिषद्को यसै साताको बैठकले जिट्कोमार्फत जापानमा प्राविधिक (अभ्यासार्थी) श्रमिक पठाउने निर्देशिका–२०६६ खारेज गरेसँगै म्यानपावरबाट जापानमा श्रमिक पठाउने बाटो खुलेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जिट्को निर्देशिका–२०६६ जापानमा प्राविधिक (अभ्यासार्थी) श्रमिक पठाउने निर्देशिका जारी गरेको थियो । कार्यक्रम प्रभावकारी नभएको भन्ने श्रम मन्त्रालयको सिफारिसका आधारमा सरकारले यसलाई खारेज गरेको हो ।

श्रम मन्त्रालयका सहसचिव पीताम्बर घिमिरेको संयोजकत्वमा केही समयअघि गठित समितिले उक्त कार्यक्रमको औचित्व सकिएको भन्दै खारेज गर्न सिफारिस गरेको थियो । संयोजक सहसचिव घिमिरेले जापानमा नेपाली श्रमिक पठाउन सन् २०१७ देखि नयाँ कार्यक्रम लागु गरेपछि पुरानो निर्देशिकाको औचित्य नरहेको देखिएकाले त्यसको खारेज गर्न सिफारिस गरिएको जानकारी दिनुभयो । नेपाल र जिट्कोबिच सन् २००३ मा विभिन्न क्षेत्रमा प्रशिक्षार्थी श्रमिक पठाउने सम्झौता भएको थियो ।

प्रतिक्रिया दिनुहोस्