अमेरिका । विभिन्न मुलुकबाट अमेरिकामा आयात हुने फर्निचर सामानमा अमेरिकी करवृद्धि गर्ने योजना एक वर्षका लागि स्थगित गरिएको छ।
अमेरिकी राष्ट्रपतिको कार्यालयले फर्निचरमा करवृद्धि गर्ने योजना आगामी एक वर्षका लागि पर सारिएको जानकारी गराएको छ।
यो वृद्धि ट्रम्पले ह्वाइट हाउसमा फर्केपछि लागू गरेको क्षेत्र–विशिष्ट करको पहिलेको घोषणा अन्तर्गत योजना गरिएको थियो ।
अमेरिकी परिवारहरूले जीवनयापनको उच्च लागतको महसुस गरेपछि ट्रम्पले बुधबार अबेर योजनाबद्ध करहरूलाई एक बर्ष पछि सार्नेगरी स्थगित गर्ने बताउनुभएको हो । प्रशासनले सन् २०२६ जनवरी १ देखि केही असवाव फर्निचरमा ३० प्रतिशत र ‘किचन क्याबिनेट’ र ‘भ्यानिटी’ हरूमा ५० प्रतिशत करवृद्धि गर्ने योजनालाई सन् २०२७ जनवरी सम्मका लागि स्थगित गरेको छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्