-नातिबाबु भट्ट (कोलोराडो, अमेरिका) । तमु ल्होसारको अवसरमा कोलोराडो निवासी तमुहरुले बिभिन्न सांस्कृतिक कार्यक्रमका साथ नयांबर्षको शुभकामना आदान प्रदान गर्दै ल्होछार भब्यताका साथ सम्पन्न गरेका छन् ।
तमु प्ये ल्हु संघ अमेरिकाको आयोजनामा कोलोराडो निवासी तमु समुदायले आफ्नो संस्कृति परम्परा अनुसार सर्प बर्गलाई बिदागर्दै घोडा बर्गलाइ स्वागत गरेका हुन् ।
शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति हराउँछ, संस्कृति हराए हामी मान्छेको अस्तित्व नै हराउँछ भन्ने भनाईलाई आत्मसात गर्दै अमेरिकाको विभिन्न राज्यहरु बसोबास गर्ने तमु जातिको धर्म,संस्कार, सस्कृति, परम्परा, भाषा, भेषभुषा आदिको संरक्षण सम्बर्धन, अनुसन्धान, र प्रबर्धन सँगै समग्र आर्थिक, सामाजिक र शैक्षिक बिकास बृद्दीमा टेवा दिने उध्येश्यले तमु प्ये ल्हु संघ अमेरिका, कोलोराडोमा सन् २०१४ मा स्थापना भएको थियो ।
हरेक बर्ष नेपाली पात्रो अनुसार ल्होसार पुस १५ देखी मनाउने गर्दछ गरिन्छ । जसमा १५ पुसको मध्यरात देखी बर्ग फेरिने गर्दछ र हरेक १२ बर्षपछि फेरि त्यही बर्ग आउछ । सोही अनुसार सर्प बर्गलाई बिदागर्दै घोडा बर्गलाइ स्वागत गरिएको हो ।
तमु समुदायको धर्म संस्कृति अनुसार संस्थाका निवर्तमान अध्यक्ष्य तथा खेगि बिभागका प्रमुख टोउ क्रोम्छे तमु, पच्यु चिव टिकबहादुर न्गोर्में तमु तथा सन्चालक समितिका सदस्य केशबहादुर ल्हेगे तमु चन्द्र ल्हेगे तमुहरुबाट बिधिपूर्वक त्हे सम्पन्न गरी खेगि पच्यु चिवा टिकबहादुर न्गोर्में तमुको आशिर्बाद, प्रथाना तथा शुभकामना संगै औपचारिक कार्यक्रम शुरू भएको थियो ।
बोल्डर सहरका मेयर आरोन ब्रोकट प्रमुख आतिथ्यातामा सम्पन्न भएको उक्त ल्होसार कार्यक्रमम तमु, नेपाली तथा अमेरीकाको राष्ट्रिय गानसंगै अगाडी बढेको थियो । कार्यक्रमका प्रमुख अतिथि, खेगि तथा कार्यक्रमका सभापतिबाट पानसमा बत्ती बालेर कार्यक्रमको उद्धाटन गरिएको थियो । कार्यक्रममा एनआरएनए एनसीसी यूएसएका महासचिव रामचन्द्र पन्त, हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ, तमु धी कोलोराडोका अध्यक्ष सन्तोष गुरुङ, रक्की माउन्टेन फ्रेन्ड्स् आफ नेपालका अध्यक्ष आकृति राइ, नेपाली घरका महासचिव भोला कटुवाल ग्लोवल फिल्म अवार्ड अध्यक्ष नवराज श्रेष्ठ लगायत कोलोराडोमा सकृय संघ संस्थाका पदाधिकारी, संस्थाको सहयोगी दाता, गन्यमान्य, कलाकार पत्रकार तथा तमु समुदायका सदस्य, लगायत अन्य समुदायको महानुभावहरूको उल्लेख्य उपस्थिती रहेको थियो।
तमु प्ये ल्हु संघका अध्यक्ष चक्रबहादुर क्रोम्छे तमुको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका प्रथम उपाध्य्क्ष ढ्कबहादुर ल्हेगे तमु र महिला बिभाग सचिब प्रेमा टु क्लेह्प्रीले अतिथीहरूलाइ स्वागत मन्तब्य दिएका थिए । त्यस्तै बुद्धिजीवी मिनबहादुर क्रोम्छे तमुले तमु जातीको सन्क्षिप्त ईतिहास, ल्होसार किन, कहिले, कसरि र महत्व माथि प्रकाश पर्दै, बोल्डर तथा अमेरीकामा रहेको तमुहरु बिभिन्न क्षेत्रमा सहभागित र हातेमालो गर्दै जाने र सरकारी निकाय बाट सहयोग र सहकार्यको लागि आह्वान गर्दै स्वागत तथा शुभकामना मन्तव्य दिएका थिए ।
सन्तोष क्रोम्छे तमु र कलि माया तमुले सन्चालन गरेको उक्त कार्यक्रमा समुदाय मात्र होइन, भावी पुस्ताका च्याम्पियनहरूलाई पनि प्रेरणा दिने एक उत्कृष्ट खेलाडी तथा मार्गदर्शका रुपमा स्थापित गरिसकेका दुइ युबाहरु प्रिकासा गुरुङ सुनुवार र प्रतिक गुरुङ सुनुवारलाई संस्थाका अध्यय तथा कार्यक्रम प्रमुख अतिथिबाट प्रसंसा पत्र प्रदान गरी सम्मान गरिएको थियो । समारोहमा उपस्थित ९ बर्षमुनिका बालबालिकाहरूलाइ मन्चमा बोलाइ सबैलाइ गिफ्ट प्रदान गरिएको थियो ।
कार्यक्रमलाई संम्बोधन गर्दै प्रमुख अतिथि आरोन ब्रोकटले ल्होसार जस्तो ऐतिहासिक तथा सांस्कृतिक पर्वको विशेष कार्यक्रम बोल्डर सहरमै आयोजना हुन भएकोमा खुसी व्यक्त गरे । उनले तामु समुदायले आफ्नो भाषा, संस्कृति र परम्परालाई प्रवासमा पनि जीवित राख्दै भावी पुस्तामा हस्तान्तरण गर्ने प्रयास सराहनीय रहेको बताए । यस्ता कार्यक्रमहरूले बोल्डर सहरलाई अझ बहुसांस्कृतिक, समावेशी र एकतामूलक बनाउने विश्वास व्यक्त गर्दै आयोजक संस्थालाई सफल कार्यक्रमका लागि बधाई तथा धन्यवाद दिएका थिए ।यसैगरी संस्थाका अध्यक्ष्य तथा कार्यक्रम का सभापति चक्रबहादुर क्रोम्छे तमुले सप्ह्री ल्होसारको शुभकामना सगै कार्यक्रमलाइ भब्य र सब्य तरिकाबाट सफल बनाउन सहयोग गर्ने सबैलाइ धन्यवाद दिएका थिए ।
कार्यक्रमको दोश्रो चरणमा तमु संस्कृती झल्कने गीत संगीत नृत्य प्रश्तुत गरी कार्यक्रममा उपस्थित महानुभावहरूलाई भरपुर मनोरञ्जन प्रदानगरिएको थियो । जसमा नेपालमा लोपहुन लागेको चुड्का नृत्यले सबैको मन जितेको थियो । साँस्कृतिक कार्यक्रममा सस्थाका कलाकारहरुको एक पछी अर्को बेजोड प्रस्तुतिले अझ माहोल तताएका थिए । कार्यक्रममा उपस्थित सबै तमु समुदायका सदस्यहरू र सबै कलाकारहरू तमु समुदायको परंपरागत भेषभुषा लगाएर सहभागी भएका थिए ।
नेपालमा मुलत ३ किसिमको ल्होछार मनाउने गरिन्छ । गुरुङहरुले तोला , तमाङहरुले सोनाम र शेर्पाहरुले ग्याल्पो ल्होसार मनाउने चलन छ । उनीहरुले यस सर्प बर्गलाई बिदाइ गर्दै घोडा बर्गलाइ स्वागत गरेका छन् । ल्होछारमा परंपरा अनुसार पुरोहितबाट पुस १४ गते रातको १२ बजे दुख, दोखलाको ग्रह दशा शान्ति गराउछन् र भोली पल्ट नयां दिनको झुल्के घाम संगै नयां बर्षको स्वागत गर्दछन् । उनीहरु आ–आफ्नो समुदायका गन्यमान्यको घर घरमा गएर आर्शिवाद लिने गर्दछन् ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्