नेपाल । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ ।
इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रतिलिटर चार रुपियाँ १९ पैसा, डिजेलमा पाँच रुपियाँ छ पैसा र हवाई इन्धनमा प्रतिलिटर आठ रुपियाँ १५ पैसा घटाएको छ ।
एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर १०० रुपियाँ ३५ पैसाले बढेर आएको छ । सेहीअनुसार निगम सञ्चालक समितिले खुद्रा बिक्री मूल्य समायोजन गरेको छ ।
नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर चार रुपियाँ, डिजेल र मट्टितेल प्रतिलिटर पाँच रुपियाँले घटाइएको छ । आन्तरिक हवाई इन्धनमा प्रतिलिटर छ रुपियाँ र अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ ।
नयाँ मूल्य बिहीबार बिहानदेखि लागू भएको छ । एलपी ग्यासको खरिद मूल्य बढे पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्