१४ पुष २०८२, सोमबार

समानुपातिकतर्फको बन्दसूची पेस गर्ने सोमबार अन्तिम दिन

कोलोराडोखबर संवाददाता , December 29th, 2025

नेपाल । आगामी फागुन २१ गते प्रतिनिधि सभा चुनाव अन्तरगत समानुपातिकतर्फको बन्दसूची पेस गर्न निर्वाचन आयोगले उपलब्ध गराएको समयसीमा सोमबार सकिँदै छ ।

केही दलले आइतबार बन्दसूची बुझाए पनि अधिकांश ठूला दल सोमबार आयोग जाँदै छन् । कांग्रेससँगै एमाले, नेकपा, रास्वपालगायत राजनीतिक दलले सोमबार बन्दसूची पेस गर्ने तयारी गरेका छन् ।

ठूला दलहरुले कसकसलाई उमेदवार बनाउने भन्ने अन्तिम समयसम्म पनि टुंगो लगाउन सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्