नेपाल । कवि तारक धिताल र दिना सुवेदी धितालको कविताकृति ‘जोडीका कविता’ प्रकाशित भएको छ । दाम्पत्य जीवनको तीन दशक पूरा भएको अवसरमा प्रकाशित कृतिमा दुवै सर्जकका समान ३०–३० कविता समेटिएका छन् ।
उक्त कृतिभित्र दम्पतीको संयुक्त कवितासङ्ग्रहको स्वरूप पनि केही पृथक् रहेको छ । एकातिरबाट पल्टाउँदा दिनाको र अर्कोतिरबाट पल्टाउँदा तारकका कविता कृति देखिन्छन् । पुस्तकको अगाडि र पछाडि दुवैतिर समान कभर भए पनि रचनाकारको नामको क्रम भने फरक छ । कृतिभित्र जसको नाम सुरुमा छ, त्यताबाट पुस्तक पल्टाउँदा उहाँकै कविता देखिन्छ ।
जोडी बाँधिँदैमा सबै कुरा उस्ताउस्तै हुन्छन् भन्ने हुँदैन । जोडीभित्रको एकल व्यक्तिको पनि आफ्नै स्वतन्त्र दृष्टिकोण हुन्छ । त्यसैले पुस्तकभित्र दुईका कविताको धार पनि अलग अलग छन् । जे देख्यो, जे अनुभूत ग¥यो, जे भन्न मन ग¥यो, त्यही लेख्यौँ । भावनामा जे तरङ्गित भए कविताकृतिभित्र पनि उही प्रस्तुत भएका छन् ।
उक्त कविताकृतिभित्र नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमल निभा र कवि डा। विन्दु शर्माको सङ्क्षिप्त टिप्पणी रहेको छ । दुवै कविताकृतिका बारेमा बेग्लाबेग्लै भूमिका रहेको साहित्यकार भट्टराईले लेख्नुभएको छ भने उक्त सङ्ग्रहको सार पनि भट्टराईले खिच्नुभएको हो । पुस्तक मण्डप पब्लिकेसन हाउसले प्रकाशनमा ल्याएको हो

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्