नेपाल । नेपाल सरकारले इराकमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रम स्वीकृति प्रदान गरी अभिलेखीकरण गर्ने निर्णय गरेको छ ।
सरकारको यस निर्णयलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गर्दै यसलाई नेपाली श्रमिकहरूको हक–हित संरक्षणतर्फको महत्वपूर्ण र सकारात्मक कदम भएको बताएको छ ।
संघले जारी गरेको विज्ञप्तिमा विगत दुई दशकदेखि इराक प्रतिबन्धित श्रम गन्तव्यको सूचीमा रहँदा हजारौँ नेपाली श्रमिकहरू विभिन्न कानुनी तथा कन्सुलर समस्यामा परिरहेको उल्लेख गरिएको छ ।
सरकारको पछिल्लो निर्णयले ती श्रमिकहरूलाई कानुनी दायराभित्र ल्याई उनीहरूको रोजगारीलाई वैधानिक बनाउने विश्वास संघले व्यक्त गरेको छ ।


कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्