११ पुष २०८२, शुक्रबार

बाह्रखरी कथा प्रतियोगितामा शिवराज शाहीको ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा प्रथम

कोलोराडोखबर संवाददाता , December 26th, 2025

नेपाल । ‘डिशहोम सातौँ बाह्रखरी कथा प्रतियोगिता, २०८२’ मा शिवराज शाहीद्वारा लिखित ‘एक मान्ठ एक देउता’ शीर्षकको कथा प्रथम भएको छ । प्रथम स्थान हासिल गरेका शाहीले नगद दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा ऋतेश गुरुङद्वारा लिखित ‘भुइँकुहिरोको बीचमा’ शीर्षकको कथा द्वितीय भएको छ । कथाका लेखक गुरुङलाई नगद एक लाख, ट्रफीलगायत पुरस्कारबाट सम्मान गरियो ।

इन्द्रप्रसाद गोतामे (जगतजंग) द्वारा लिखित ‘अधुरो प्रतिलिपि’ शीर्षकको कथा तृतीय भएको छ । लेखक गोतामेलाई ६० हजार नगदसहित ट्रफीलगायत पुरस्कारबाट सम्मान गरिएको छ ।

प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका तीन कथाका कथाकारलाई प्रधानमन्त्री सुशीला कार्की, विशिष्ट अतिथि सम्राट उपाध्याय, बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष तथा प्रधानसम्पादक प्रतीक प्रधान, प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्य, डिश मिडिया लिमिटेडका अध्यक्ष हेमराज ढकाललगायतले सम्मान गरेका हुन् ।

समारोहमा प्रधानमन्त्री कार्कीले ‘१२खरी उत्कृष्ट कथा, २०८२’ कथाकृतिको लोकार्पण पनि गरिन् । कथाकृतिमा उत्कृष्ट २५ कथा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्