नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले अधिवेशनबारे अनावश्यक छलफल गरेर समयमात्र खेर फालिरहेको बताए । नियमित महाधिवेशनमा नजाने हो भने विकल्प खुला रहेको बताउँदै उनले विशेष अधिवेशनमा जान सुझाए ।
बुधबार पार्टीको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले यस्तो टिप्पणी गरेका हुन् ।
थापाले क्रियाशील सदस्यता विवाद समाधान गर्न सर्वाधिकार सम्पन्न केन्द्रीय प्रतिनिधिलाई केही दिनका लागि फिल्डमा पठाउने प्रस्ताव गरेको बताए ।
उनले पार्टीको १५औँ महाधिवेशनेको कार्यतालिका बिथोल्न केही जिल्लामा बद्नीयतका साथ क्रियाशीलको काम रोकिएको भन्दै त्यस्ता स्थानमा केन्द्रबाट प्रतिनिधि पठाउनुपर्ने बताए ।
उनले समस्या समाधान नभएका क्षेत्रमा पूरानै क्रियाशीलताको आधारमा संगठनात्मक कार्य अगाडि बढाउनुपर्ने समेत बताए ।
उनले विवाद सिर्जना गरेर महाधिवेशनको कार्यतालिका बिथोल्ने जिल्लालाई महाधिवेशनमै सहभागी हुन नपाउनेसम्मको कारबाही गर्ने प्रस्ताव समेत आफूले राखेको जानकारी दिए ।
उनले वडा र क्षेत्रको महाधिवेशनको कार्यतालिकामा आवश्यक संशोधन गर्न सकिने भए पनि केन्द्रीय महाधिवेशनको कार्यतालिका तलमाथि नहुने स्पष्ट पारे ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्