नेपाल । राप्रपा फुटाएर राप्रपा नेपाल गठन गरेको करिब चार वर्षपछि कमल थापा फेरि ‘पुरानै घर’ फर्किएका छन् । राप्रपा र राप्रपा नेपालबीच बुधबार पार्टी एकताको लिखित सहमति भएको छ ।
कागजी रुपमा एकता भनिए पनि व्यवहारिक रुपमा कमल थापा र उनको समूह राप्रपामा फर्किएका हुन् । बुधबार अकस्मात् नै सहमतिमा हस्ताक्षर गर्ने कार्यक्रम बनेको थियो ।
राप्रपाको कार्यालय धुम्वाराहीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र राप्रपा नेपालका अध्यक्ष कमल थापाले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमतिपत्रमा भनिएको छ, ‘राप्रपा र राप्रपा नेपालबीच एकता गर्ने सहमति गरेका छौं । एकता घोषणा सभा २०८२ पौष १६ गते राष्ट्रिय सभागृहमा हुनेछ ।’

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्