नेपाल । नेपाल टेलिकमले वाइफाई सिक्स राउटर उपलब्ध गराउने भएको छ । कम्पनीले उपलब्ध गराइरहेको फाइबर टु दी होम (एफटिटिएच) प्रविधिको इन्टरनेटलाई अझ गुणस्तरीय बनाउन यस किसिमको वाइफाई र एपी उपलब्ध गराउने जनाएको छ । यस अन्तर्गत न्यूनतम एक सय एमबिपिएस क्षमताको एफटिटिएच वितरण हुने कम्पनीले जानकारी दिएको छ ।
नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा विभिन्न स्थानमा वाइफाई सिग्नल पर्याप्त नहुने समस्याको समाधान हुने कम्पनीले जनाएको छ । त्यस्तै इन्टरनेटको स्पिड पनि तीव्र हुने कम्पनीको दाबी छ । धेरै डिभाइसमा तीव्र गतिमा इन्टरनेट चलाउन, डाटा ट्रान्सफर छिटो गर्न, डिभाइसको ब्याट्री लाइफ बढाउन र सुरक्षित तथा भरपर्दो इन्टरनेट सेवा यसले उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
टेलिकमले आफ्ना ग्राहकका लागि दुई वटा वाइफाई सिक्स प्याकेज उपलब्ध गराएको छ । जस अन्तर्गत व्यक्तिगत र प्रिमियम प्याकेज हुने छन् व्यक्तिगत प्याकेज अन्तर्गत कम्पनीले इन्टरनेट र टेलिफोन प्याकेज, इन्टरेनट, बेसिक एनटिटिभी र टेलिफोन प्याकेज र इन्टरनेट, प्रिमियम एनटिटिभी र टेलिफोन प्याकेजमध्ये कुनै एक प्याकेज रोज्न सकिने कम्पनीले जनाएको छ ।
प्रिमियम प्याकेज अन्तर्गत प्रिमियम इन्टरनेट प्याकेज वान्ली, प्रिमियम इन्टरनेट र बेसिक एनटिटिभी प्याकेज र प्रिमियम इन्टरनेट र प्रिमियम एनटिटिभीमध्ये कुनै एक प्याकेज रोज्न सकिने कम्पनीले उल्लेख गरेको छ । यी सबै प्याकेज एक सय, १५० र दुई एमबिपिएस क्षमताका हुने छन् भने मोबाइलमा डेटासमेत उपलब्ध हुने छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्