नेपाल । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले विश्वभर रहेका नेपालीहरूका लागि एमआरएस (Membership Registration System) मार्फत सदस्यता वितरण प्रक्रिया सुरु गरेको छ ।
आगामी फेब्रुअरी २३, २४ र २५, २०२५ मा काठमाडौँमा हुने १२औँ महाधिवेशनमा सहभागी हुन चाहने सबै गैरआवासीय नेपालीहरूका लागि यो सदस्यता अनिवार्य हुनेछ ।
गत मे महिनामा सम्पन्न एकता महाधिवेशनका कारण सदस्यता लिन नसकेकाहरूलाई पुनः अवसर प्रदान गर्ने तथा नयाँ रूपमा सहभागी हुन इच्छुक नेपाली समुदायलाई समेट्ने उद्देश्यले सदस्यता वितरण पुनः सुरु गरिएको एनआरएनएले जनाएको छ ।
संघको एकता प्रक्रियापछि, विश्वव्यापी रूपमा एमआरएस मार्फत सहज र पारदर्शी सदस्यता सुविधा उपलब्ध गराइने तथा अभियानलाई थप प्रभावकारी रूपमा अघि बढाइने बताइएको छ ।
अध्यक्षद्वय डा. बद्री केसी र महेश कुमार श्रेष्ठद्वारा प्रस्तुत एकता मार्गचित्रअनुसार, विश्वभरका नेपाली समुदायलाई समावेश गर्दै सदस्यता अभियान विस्तार गरिएको हो।
सदस्यता वितरण सुरु भइसकेका देशहरू (कुल ३० देश)
ब्राजिल, कम्बोडिया, चिली, कोलम्बिया, साइप्रस, चेक गणतन्त्र, लोकतान्त्रिक गणतन्त्र कंगो, घाना, हंगेरी, आइसल्याण्ड, इजरायल, केन्या, मोल्डोभा, म्यानमार, नर्वे, ओमान, पपुवा न्यू गिनी, फिलिपिन्स, पोल्याण्ड, रुस, सेशेल्स, स्लोभेनिया, दक्षिण सुडान, स्पेन, स्वीडेन, स्विट्जरल्यान्ड, तान्जानिया, टर्की, युगान्डा र जिम्बाब्वे।
एनआरएनए एनसिसी (NCC) गठन भएका देशहरू (कुल ६२ देश)
-यी देशहरूमा राष्ट्रिय समन्वय परिषद् औपचारिक रूपमा क्रियाशील छन्:
अष्ट्रेलिया, अस्ट्रिया, बहराइन, बेल्जियम, ब्राजिल, कम्बोडिया, क्यानडा, चिली, चीन, कोलम्बिया, चेक गणतन्त्र, डेन्मार्क, इक्वेटोरियल गिनी, फ्रान्स, जर्मनी, घाना, ग्रीस, हङकङ, हंगेरी, आइसल्याण्ड, इराक, आयरल्यान्ड, इजरायल, इटाली, जापान, केन्या, कोरिया, कुवेत, लक्जेम्बर्ग, मकाउ, माडागास्कर, मलेसिया, माल्टा, मोल्डोभा, म्यानमार, नेदरल्यान्ड्स, न्युजिल्यान्ड, नाइजेरिया, नर्वे, ओमान, पापुआ न्यू गिनी, फिलिपिन्स, पोल्याण्ड, कतार, रोमानिया, रूस, रुवान्डा, साउदी अरेबिया, सेशेल्स, स्लोभेनिया, दक्षिण सुडान, स्पेन, स्विट्जरल्यान्ड, तान्जानिया, थाइल्याण्ड, टर्की, युगान्डा, संयुक्त अरब इमिरेट्स (UAE), संयुक्त अधिराज्य (UK), संयुक्त राज्य अमेरिका (USA), भेनेजुएला र जाम्बिया।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्