नेपाल । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको निर्वाचनलाई परिवर्तनको ढोका उघार्ने राष्ट्रिय अनुष्ठानका रूपमा सम्पन्न गर्न आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले सरकार गठनको एक सय दिनमा शनिबार सन्देश जारी गर्दै यो निर्वाचनले नेपालको राजनीतिमा एउटा नयाँ, स्वच्छ र सुनौलो अध्यायको सुरुवात गर्ने उद्घोष गर्नुभएको हो ।
उहाँले जेनजी आन्दोलनको भावना अनुसार सरकारले सुशासन र निर्वाचनलाई नै अर्जुनदृष्टि बनाएको प्रस्ट पार्दै राष्ट्रिय एकताको सूत्रमा बाँधिएर देशलाई नयाँ दिशातिर लैजान आह्वान गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीले निर्वाचन सार्ने वा रोक्ने जस्ता हल्ला पूर्णतः निराधार र भ्रमपूर्ण रहेको र सरकार तोकिएको समयमै निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न चट्टान झैँ दृढ रहेको प्रस्ट पार्नुभएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्