५ पुष २०८२, शनिबार

कारागारबाट छुटेका रवि लामिछानेले भने-‘न्यायको लडाइँ अझै बाँकी छ’

कोलोराडोखबर संवाददाता , December 20th, 2025

नेपाल । शुत्रबार भैरहवास्थित जिल्ला कारागारबाट छुटेका रास्वपाका सभापति रवि लामिछाने न्यायको लडाइँ बाँकी रहेको बताएका छन् ।

उनले आफूमाथि भएको अन्याय देशमाथि भएको अन्यायको तुलनामा केही पनि नभएको बताउँदै आफूले बोल्ने समय आउने पनि बताए ।

उनले हिसाबकिताब गर्न बाँकी रहेको पनि बताएका छन् ।

सहकारी ठगीको मुद्दामा नख्खु कारागारमा रहेका उनी भैरहवास्थित जिल्ला अदालत रुपन्देहीमा धरौटी रकम बुझाएर छुटेका हुन् । उनले कुल ३ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बुझाएको सूचना अधिकारी पदम अर्यालले जानकारी दिए ।

बिहीबार उच्च अदालत बुटवलले बैंक ग्यारेन्टीमा छाड्ने आदेश दिएपछि लामिछाने कागजी प्रक्रिया पूरा गर्न काठमाडौंबाट रुपन्देही पुगेका थिए । लामिछाने कागजी प्रक्रिया पूरा गरेर रिहा भएका जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले बताए ।

लामिछानेलाई बिहीबार तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको इजलासले जिल्ला अदालतको साउन २६ को आदेश बदर गर्दै बिगो बराबरको बैंक जमानत लिएर सर्तसहित थुनामुक्त गर्न आदेश गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्