नेपाल । उच्च अदालत बुटवलले रास्वपा सभापति तथा पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न आदेश दिएको छ ।
सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेलाई रिहा गर्न आदेश भएको हो ।
रविलाई धरौटीमा रिहा गर्न आदेश भए पनि छबिलाल जोशीको हकमा भने रिहाइको आदेश भएन ।
उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेबाट पेश भएको २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बराबरको बैंक ग्यारेन्टीलाई स्वीकार गर्दै रिहा गर्न आदेश भएको हो ।
नख्खु कारागारमा रहेका रवि शुक्रबार बुटवल पुगी कागजात मिलाएर कारागारबाट मुक्त हुने छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्