३ पुष २०८२, बिहीबार

जाँचबुझ आयोगले अर्को हप्ता ओली र लेखकसँग बयान लिने

कोलोराडोखबर संवाददाता , December 18th, 2025

नेपाल । जेनजी आन्दोलन जाँचबुझ आयोगले अर्को हप्ता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखकसँग बयान लिने तयारी गरेको छ ।

बुधवार प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी आयोगले अर्को हप्ता राजनीतिक नेतृत्वहरूसँग पनि बयान लिन लागिएको जानकारी गराएको हो ।

प्रधानमन्त्री कार्कीसँगको भेटपछि आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले अर्को हप्ता आयोगले बाँकी रहेका सबैलाई बयानमा बोलाउने तयारी गरेको बताए ।

अन्तरिम सरकारले जेन–जी आन्दोलनको क्रममा ठुलो धनजनको क्षति भएको भन्दै अनुसन्धानगरी दोषी उपर कारबाही गर्ने कार्यादेशसहित कार्की नेतृत्वको सो उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्