२ पुष २०८२, बुधबार

कांग्रेसले सबै जिल्लामा क्रमसङ्ख्या राखेर नयाँ क्रियाशील सदस्यता फाराम पठाउँदै

कोलोराडोखबर संवाददाता , December 17th, 2025

नेपाल । नेपाली कांग्रेसले क्रमसङ्ख्या राखेर नयाँ क्रियाशील सदस्यता वितरण फाराम पठाउने भएको छ ।

कांग्रेस महामन्त्री एवं क्रियाशील सदस्य व्यवस्थापन समितिका संयोजक गगनकुमार थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय सानेपामा मङ्गलबार बसेको बैठकले क्रमसङ्ख्या राखेर फाराम पठाउने निर्णय गरेको हो ।

कांग्रेस केन्द्रीय सदस्य एवं समितिका सदस्य प्रकाश स्नेही रसाइलीले नयाँ क्रियाशील सदस्यताको फाराम छापिसकिएकाले बुधबार सबै जिल्लामा पठाइने बताउनुभयो । उहाँका अनुसार झन्डै चार लाख क्रियाशील सदस्यता फाराम ७७ वटै जिल्लामा पठाइने छ ।

नेता रसाइलीले फाराम भरेर आएका क्रियाशील सदस्यको तथ्याङ्क प्रविष्टि (डाटा इन्ट्री) भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली जनसम्पर्क समिति रहेको ३७ वटा देशमा पनि सदस्यता वितरण र तथ्याङ्क प्रविष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्