नेपाल । नेकपा (एमाले) को ११औँ महाधिवेशनअन्तर्गत बुधबार नयाँ नेतृत्व चयनका लागि मतदान हुँदै छ ।
काठमाडौंको भृकुटीमण्डपमा जारी महाधिवेशनमा मंगलबार साँझ मतदान सुरु गर्न खोजिएको थियो । तरप्राविधिक समस्याका कारण मतदान समय बुधबार बिहान ८ बजेका लागि तोकिएको छ ।
एमालेको अध्यक्षको लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्रतिस्पर्धामा रहेका छन् । उनीहरू दुवै जना प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । ओलीले महासचिवमा शंखर पोखरेललाई तथा पोखरेलले सुरेन्द्र पाण्डेलाई अगाडि सारेका छन् ।
नयाँ नेतृत्व चयनका लागि २ हजार भन्दा बढीले मतदान गर्ने छन् । एमालेले विद्युतीय मतदानको अभ्यास शुरु गरेको हो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्