१ पुष २०८२, मंगलवार

एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझदेखि मतदान हुने, केपी र इश्वर मैदानमा

कोलोराडोखबर संवाददाता , December 16th, 2025

नेपाल । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि हुने निर्वाचन मंगलबार अपरान्ह ४ बजेपछि मात्रै शुरु हुने भएको छ ।

केपी ओली र इश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । अन्य पदमा पनि दुबै पक्षले प्यानल बनाएका छन् ।

अन्तिम उम्मेदवार नामावली सार्वजनिक भएसँगै केन्द्रीय निर्वाचन टोली चुनावी प्राविधिक काममा जुटेको छ ।

निर्वाचनका लागि आवश्यक डिजिटल तयारी थालिँदा निर्वाचन आयोगले उपलब्ध गराएको सबै नाम डिजिटल प्रणालीमा कोडिङ गर्न अपरान्ह ४ बजेसम्म लाग्ने अनुमान गरिएको छ । यसैले दिउँसो १ बजेदेखि भनिएको मतदान ४ बजेपछि शुरु हुने भएको छ ।

महाधिवेशनमा ८० विद्युतीय भोटिङ मेसिनबाट मतदान प्रक्रिया सञ्चालन गरिने र प्रत्येक मतदाताले भोट हाल्न करिब ३५–४० मिनेट लाग्ने छ ।

प्रतिक्रिया दिनुहोस्