१ चैत्र २०८२, आईतवार

दुई जना नेपालीका लागि ६ वर्षे एमबीबीएस पाठ्यक्रममा पूर्ण छात्रवृत्ति प्रदान गर्ने प्रक्रिया सुरु

कोलोराडोखबर संवाददाता , December 16th, 2025

नेपाल । स्वास्थ्य सेवा क्षेत्रमा पर्याप्त जनशक्तिको कमीका कारण बिरामीले समयमै उपचार नपाएर जीवन गुमाउने जोखिम उच्च बन्दै गएको छ । विशेषतः देशभरका प्राथमिक स्वास्थ्य केन्द्रहरूमा औषधि, उपकरण तथा दक्ष स्वास्थ्यकर्मीको कमीले स्वास्थ्य सेवा प्रभावकारी रूपमा उपलब्ध गराउन कठिनाइ भैरहेको देखिन्छ।

यसै सन्दर्भमा, गैरआवासीय नेपाली संघ (NRNA) र एशिया इन्टरनेशनल युनिभर्सिटी (AIU), उज्बेकिस्तानको संयुक्त सहकार्यमा दुई जना नेपाली विद्यार्थीहरूका लागि ६ वर्षे MBBS पाठ्यक्रममा पूर्ण छात्रवृत्ति प्रदान गर्ने प्रक्रिया सुरु गरिएको छ ।

विशेषगरी जेहेन्दार तथा कमजोर आर्थिक अवस्था भएका र नेपालमा चिकित्सा शिक्षा आयोग (MEC) परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति आवेदन प्रक्रिया सुरु गर्न लागिएको छ । आवेदनको अन्तिम मिति २३ डिसेम्बर २०२५ सम्म रहनेछ । परीक्षा चिकित्सा शिक्षा आयोग (MEC) आधारित प्रश्नमार्फत ३ जनवरी २०२६ मा पुल्चोक इन्जिनियर क्याम्पस (IOE) ललितपुरमा सञ्चालन गरिनेछ ।

छात्रवृत्ति प्राप्त दुई जना नेपाली विद्यार्थीले अध्ययन पूरा गरेपछि नेपाल फर्की न्यूनतम २ वर्षसम्म स्वास्थ्य क्षेत्रमा अनिवार्य सेवा प्रदान गर्नु पर्नेछ। छात्रवृत्ति प्राप्त विद्यार्थीको सम्पूर्ण खर्च (खाना, बसाइँ ) विश्वविद्यालयले बेहोर्नेछ ।

यो पहलले नेपालमा स्वास्थ्य सेवा पहुँच विस्तार गर्न तथा स्वास्थ्यकर्मीको कमी सम्बोधन गर्न महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।

link for Registration: https://docs.google.com/…/1FAIpQLScqt8aBd8iywf…/viewform

प्रतिक्रिया दिनुहोस्