१ पुष २०८२, मंगलवार

नेपालमा पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढ्यो

कोलोराडोखबर संवाददाता , December 16th, 2025

नेपाल । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ ।

इन्डियन आयल कर्पोरेशनबाट सोमबार पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार डिजेलमा प्रति लिटर ६.९३ ले घटेर तथा पेट्रोलमा १.९४ ले बढेर आएको छ ।

निगम सञ्चालक समितिले सोमबार राति १२ बजेदेखि लागू हुने गरी साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर डिजेल–मट्टितेलमा प्रति लिटर ४ रुपैयाँले घटाएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ मूल्य वृद्धि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्