२८ मंसिर २०८२, आईतवार

अमेरिकाको रोड आइल्याण्ड स्थित ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , December 14th, 2025

अमेरिका । अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको अवस्था स्थिर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

विश्वविद्यालय रहेको शहर प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले गोलीबाट हताहती हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।

घटना स्थानीय समय अनुसार शनिबार साँझ ४ बजेर ५ मिनेटमा भएको थियो। गोली चलाउने व्यक्ति फरार छन् । प्रहरीले उनको खोजी जारी रहेको जनाएको छ।

प्रहरीका अनुसार शंकास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिइएको थियो तर गोली काण्डमा संलग्नता पुष्टि नभएपछि उनलाई रिहा गरिएको छ ।
–अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरु

प्रतिक्रिया दिनुहोस्