-आर. आर. चौलागाईं-
१. जेन-जी आन्दोलन
तिमी फूल दिन गएका थियौ
गोली खाएर ढल्यौ ।
२. नेपालको राजनीति
मालिक मुख चलाउने
भेडाहरू ताली बजाउने ।
३. कवि
बाँचुञ्जेल दाम गुमाउँछन्
मरेपछि नाम कमाउँछन् ।
४. परिवर्तन
एउटा गयो अर्को आयो
चौरासीको चुनाव बयासीमा हुने भो ।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्