-आरसी रिजाल-
पक्षघातले हर नचल्ने र बोलेको नबुझीने ८० बर्षे शुक्रबहादुरको भुइँतले घरमा छिरेँ।भाउजू बजार गएकी रैछिन् ।१० बर्षपछिको भेटमा हामी दुबैका आँखा रसाए। मैले शुक्रको हालखबर केही लेखेर र केही इसाराबाट सोधेँ ।पछि आउने बहानामा त्यहाँबाट निस्केको मात्र थिएँ– उसको छिमेकी सोमबहादुरले मसंग कुरागर्न चाह्यो।
अब सोमको कुरा सुनौ–:
शुक्रको एक्लो छोरा भएर के गर्नु?एउटा घरमा दुईवटा भान्सा छ । कपडा फेरेझैँ बुहारी फेर्छ। आमालाई — घरको कुरा बाहिर गर्यौ भने तिम्रो मुख च्यातेर कानसम्म पुर्याइदिन्छु भन्छ।एकदिन बुढी बजार गएको समयमा शुक्रलाई दिसाले च्यापेर थाल ठटाएर छोरालाई बोलाएछ।छोरा आएर थाल खोसेर फाल्दै — आए सुरुवालमा गर्ने।ऎले तिम्रो बुढी आएर सफा गर्छे भनेछ।बुढी कहिले खुट्टा खोच्याउदै,कहिले आँखाका डिल र सुन्निएको गाला छोपेर हिँड्छिन्।हामीले नसोधे पनि — छोराले केही गर्या छैन।म आफैं लढेर यस्तो भयो भन्छिन् ।
वृद्धभत्ता झिक्न जानेदिन भने छोराले श्रवण कुमारको रोल खेल्छ । शुक्रलाई पिठ्युँमा बोकेर टेम्पोमा चढाउछ र बोकेरै घरभित्र छिराउछ।अनि आधी भत्ता माग्छ,नदिए खोस्छ। बुढाबुढीले औषधि र फलफूल किन्न पैसा पुग्दैन बाबू भन्दा– भिरबारीमा मल हालेझैँ तिमर्को शरीरमा औषधिले कामै गर्दैन । मीठो खान,राम्रो लाउन त उमेरमै कमाएर थुपार्नु पर्छ भन्दै हकार्छ …… भन्दैथे।मैले — ” अरु पीडा नसुनौ” भनी बिदा मागेँ ।
-हेटौंडा, मकवानपुर ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्