२६ मंसिर २०८२, शुक्रबार

अमेरिका पुगेका नेपालीको कथा समेटिएको चलचित्र ‘प्रवासी जीवन’ को पोस्टर सार्वजनिक

कोलोराडोखबर संवाददाता , December 12th, 2025

नेपाल । महानायक राजेश हमाल अभिनित नयाँ चलचित्र ‘प्रवासी जीवन’ को पोस्टर सार्वजनिक गरिएको छ ।

नेपालबाट आफ्नो उज्ज्वल भविष्य र स्थायित्वका लागि अमेरिका पुगेका नेपालीले त्यहाँ गर्नुपर्ने सङ्घर्षसहितको प्रवासी जीवनको कथा बोकेको चलचित्रलाई श्याम क्षेत्री र राम अधिकारीले संयुक्त रूपमा निर्देशन गर्नुभएको हो ।

प्रवासीहरूको सुखदुःख, आरोहअवरोह र चुनौतीलाई मुख्य विषयवस्तु बनाएर फिल्म तयार गरिएको निर्देशकमध्येका एक श्याम क्षेत्रीले बताउनुभयो । अमेरिकाको रमणीय दृश्यमा सम्पूर्ण छायाङ्कन गरिएको उक्त फिल्मलाई श्याम क्षेत्री प्रोडक्सन र नेसनल मिडिया प्रोडक्सनले संयुक्त रूपमा निर्माण गरेको हो ।

चलचित्रमा सरिता लामिछाने, बुद्धि तामाङ, महादेव अधिकारी, एन्जेला बस्नेत, गगन सुवेदी, लोकेश भित्रीकोटी, दिव्या न्यौपानेलगायतको अभिनय रहेको छ । चलचित्र आगामी फागुन १५ देखि नेपालभर प्रदर्शन हुने छ ।

प्रतिक्रिया दिनुहोस्