२४ मंसिर २०८२, बुधबार

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीका लागि १०० राजनीतिक दलको आवेदन

कोलोराडोखबर संवाददाता , December 10th, 2025

नेपाल । आगामी फागुन २१ गते का लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन आयोगमा आवेदन दिएका छन् ।

आयोगले यही मङ्सिर २१ देखि २३ गतेसम्म समानुपातिक निर्वाचन प्रयोजनका लागि दल दर्ताको समयसीमा निर्धारण गरेको थियो, सो समयभित्र संयुक्त र एकल चुनाव चिन्ह लिएका गरी एक सय राजनीतिक दलले आवेदन दिएका हुन् ।

आयोगले प्राप्त आवेदनमाथि आवश्यक अध्ययन गरी यही मङ्सिर २६ गतेसम्म स्वीकृत गर्ने जनाएको छ। आयोगले तय गरेको कार्यसूचीअनुसार आगामी पुस १३ र १४ गते समानुपातिकतर्फको बन्द सूची पेश गर्नुपर्नेछ ।

सो सूचीमाथि अध्ययनपश्चात् आगामी माघ ४ गते प्रारम्भिक सूची प्रकाशित हुनेछ । उक्त सूचीमाथि दावी विरोध र आवश्यक छानबिन गरी आगामी माघ २० गते अन्तिम सूची प्रकाशित हुनेछ ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत र ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्