२३ मंसिर २०८२, मंगलवार

जीबीसीसीको बोर्ड बैठक: सन् २०२६ का कार्यक्रमहरूको योजना प्रस्तुत गर्न निर्देशन

कोलोराडोखबर संवाददाता , December 9th, 2025

-हेम गिरी (कोलोराडो) । कोलोराडोमा रहेको ग्लोबल भुटानीज कम्युनिटी कोलोराडो (GBCC) ले सन् २०२५ को अन्तिम बोर्ड बैठक सम्पन्न गरेको छ । बैठकमा सन् २०२५ भरि सम्पन्न सबै कार्यक्रमहरूको समिक्ष गरे संगै आगामी वर्षका लागि नयाँ योजनाहरूबारे छलफल पनि भएको थियो ।

बैठकले संस्थाका सबै संयोजकहरूलाई सन् २०२६ को वार्षिक कार्ययोजना (Agenda) अर्को हप्तासम्म प्रस्तुत गर्न निर्देश गरेको छ । यी कार्ययोजनाहरू आगामी बैठकमा प्रायोजकहरु माझ प्रस्तुत गरिने जनाइएको छ ।

यसैगरी, जीबीसीसीले आफ्ना वर्ष भरि सम्पन्न भएको कार्यक्रमहरुको प्रायोजकहरूप्रति कृतज्ञता व्यक्त गर्न विशेष “स्पोन्सरशिप एप्रिसिएसन इभेन्ट” आयोजना गर्ने समेत निर्णय भएको छ । प्रायोजकहरुसँगको भेटघाट अनि चियापान कार्यक्रम आगामी जनवरी १०, २०२६ (माघ २६, २०८२) शनिबार बिहान १०:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म आयोजना हुने संस्थाका अध्यक्ष चूडा बरालले जानकारी दिएका छन् ।

कार्यक्रममा लञ्चको पनि व्यवस्था गरिने छ । उक्त समारोहमा जीबीसीसीका सबै संस्थापक सदस्यहरू, सल्लाहकार सदस्यहरू तथा दाताहरूको उपस्थिति रहने छ ।

सो कार्यक्रममा आगामी दिनमा जीबीसीसीका सबै कार्यक्रमहरूलाई थप प्रभावकारी बनाउन बोर्डका सबै सदस्यहरूले कसरी सहकार्य गरी कार्यक्रमको महत्वलाई जोड दिनुपर्ने अनि प्रायोजकहरुले संस्था मार्फत समुदायलाई कसरी सहयोग गर्न सक्छन र जीबीसीसीले सन् २०२६ मा थप उत्कृष्ट र समुदाय केन्द्रित कार्यक्रमहरू कसरी आयोजना गर्न सक्छ भन्ने विषयमा छलफल हुने अध्यक्ष बरालले बताए ।

यसै क्रममा, जीबीसीसीका सो बैठकले राहाङ राईलाई संस्थाको कार्यक्रम संयोजक पदमा नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्