२१ मंसिर २०८२, आईतवार

आगामी निर्वाचनमा काठमाडौँबाटै प्रतिस्पर्धा गर्ने गगन थापाको घोषणा

कोलोराडोखबर संवाददाता , December 7th, 2025

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी निर्वाचनमा आफूले काठमाडौँबाटै प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् ।

यसैगरी पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको थापाले बताए ।

नेपाल प्रेस युनियन सर्लाहीले मलंगवामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुबै कार्यक्रमलाई सँगै अगाडि बढाइने बताए ।

महामन्त्री थापाले नयाँ नीति र सन्देशका साथ आफू सभापतिको उम्मेदवार हुने भन्दै नयाँ नेतृत्व चयनका लागि चाँडै देश दौडाहामा जाने बताए ।

प्रतिक्रिया दिनुहोस्