२१ मंसिर २०८२, आईतवार

भारतको गोवास्थित नाइट क्लबमा ग्यास सिलिण्डर बिस्फोट, कम्तीमा २३ जनाको मृत्यु

कोलोराडोखबर संवाददाता , December 7th, 2025

नेपाल । भारतको गोवा राज्यको अरपोरा क्षेत्रमा रहेको एक नाइट क्लबमा ग्यास सिलिण्डर पड्किएर ठूलो दुर्घटना भएको छ।

शनिबार मध्यरातमा भएको विस्फोटपछि क्लबमा भीषण आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

दुर्घटनापछि आगो तीव्ररुपमा फैलिँदा केही व्यक्तिको जलेर र केहीको धुवाँमा निसासिएर मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्