नेपाल । बुढ्यौली साहित्य समाज रौतहट–सर्लाहीको आयोजना तथा अनिता–शिव प्रतिष्ठानको संयुक्त संयोजनमा रौतहटको माधवनारायण नगरपालिकाको मिठुअवामा संस्थाको दसौँ शृङ्खला सम्पन्न भएको छ ।
नेपाल तथा भारतका साठी जना साहित्यकार तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेकोे सो कार्यक्रममा साहित्यकार रमेश समर्थन, मणिभूषण अकेला, किसुनदयाल यादव लगायतले कविता सुनाउनुभएको थियो ।
सोही कार्यक्रममा बुढ्यौली साहित्यको उपादेयताबारे साहित्यकार रमेशमोहन अधिकारीले बोल्नुभएको थियो ।
कार्यक्रममा स्वागत रामचन्द्र महतोले स्वागत लम्बोदर काफ्लेले अध्यक्षता गर्नुभएको सो कार्यक्रममा प्रमुख आतिथ्य समालोचक तथा गजलकार डा। घनश्याम न्यौपाने ‘परिश्रमी’ ले गर्नुभएको थियो ।
संस्थाले पुस १२ गते अधिवेशन गर्ने भएको छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्