नेपाल । स्वरसम्राट नारायणगोपालको ३५ औँ स्मृति दिवस शुक्रबार मनाइँदै छ । नारायणगोपाल गुरुवाचार्य नेपाली संगीतका महान् गायकका रूपमा चिनिन्छन् ।
काठमाडौंको किलागलमा १९९६ असोज १८ गते जन्मिएका नारायणगोपालले २० को दशकको उत्तरार्धतिर रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वरपरीक्षा पास गरेका थिए । ३० वर्षको गायनयात्रामा उनले १३७ गीत गाएको संगीतका अध्येता प्रकाश सायमी बताउँछन् ।
साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना ९बाजा, गीत, नाच० नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए ।
दार्जिलिङबाट आएका गोपाल योञ्जन, धनकुटाका नगेन्द्र थापा र नारायणगोपालको समूह बनेको थियो। थापाको गीत, योञ्जनको संगीतमा नारायणगोपालले थुप्रै गीत गाए । योञ्जन र नारायणगोपालले दार्जिलिङमै मित लगाएका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्