नेपाल । नेपाली काँग्रेसको १५ औँ महाधिवेशनको मिति घोषणा भएसँगै क्रियाशील सदस्यताको विषय चाँडै टुङ्ग्याउने तयारी गरिएको छ ।
महामन्त्री गगन थापाले क्रियाशील व्यवस्थापन समितिको बैठक राखेर १६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन निर्देशन दिएका छन् ।
सदस्यता नवीकरणका लागि सबै जिल्लाले अब सक्रियतापूर्वक काम गर्ने थापाले बताए। भातृ संस्थाबारे पनि पदाधिकारी बैठक बसेर चाँडै टुङ्ग्याउने तयारी भइरहेको बताए ।
महामन्त्री थापा संयोजक रहेको समितिमा प्रकाश रसाइली स्नेहीसहित योगेन्द्र चौधरी र सीता गुरुङ सदस्य छन् ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्