१८ मंसिर २०८२, बिहीबार

कांग्रेसका महामन्त्री गगन थापाद्वारा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा

कोलोराडोखबर संवाददाता , December 4th, 2025

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन् ।

उनले हिमालय टेलिभिजनको कार्यक्रम यक्षप्रश्नमा अन्तर्वार्ताको क्रममा आफू सभापति पदका उम्मेदवार हुने स्पष्ट बताएका हुन् ।

यस्तै, अन्तर्वार्ताका क्रममा थापाले चुनावमा जानुअघि सर्वपक्षीय सहमतिका लागि केही प्रस्तावहरू अघि सारेका छन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म हुने तय गरिएको छ।

प्रतिक्रिया दिनुहोस्