नेपाल । त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच खेल हुँदैछ । खेल अपराह्न ४ः०० बजे शुरु हुनेछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट ८ अङ्क जोडेको छ। रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा २ अंकमात्र बनाएको छ।
प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई बुधबारको खेल जित्नुपर्ने दबाब छ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्