अमेरिका । बेलायतस्थित क्याम्ब्रिज क्राउन कोर्टले बलात्कार तथा यौन दुराचार गरेका अभियोगमा एक नेपालीलाई दीर्घकालीन काराबासको सजाय सुनाएको छ।
काठमाण्डौं पुर्ख्यौली घर भएका र हाल पिटरबरो निवासी ४९ वर्षीय प्रमोद ढकाललाई सात जना बालिका र एक महिलामाथि यौन दुराचार गरेको अभियोगमा सजाय सुनाइएको हो । उनीमाथि ८ वर्षीया बालिकासमेत बलात्कार गरेको आरोप थियो ।
अदालतका अनुसार ढकाल २५ वटा यौन अपराधमा दोषी ठहर भएका छन् । अदालतले उनलाई २५ वर्षको कैद तथा थप ८ वर्ष ‘लाइसेन्स अवधि’ (निरन्तर कानुनी निगरानी) सहितको सजाय सुनाएको हो।
ढकालले विगत केही वर्षदेखि पिटरबरो क्षेत्रमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका थिए ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्