नेपाल । राष्ट्रिय युवा सेवा कोषले २०८२ को अरनिको युवा कला पुरस्कार कलाकार सुरेम देसारलाई दिने निर्णय गरेको छ । वरिष्ठ कलाकार प्राज्ञ विजय थापाको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले सो निर्णय गरेको हो ।
कोषका सदस्यसचिव डा. विष्णुबहादुर भण्डारीले शुक्रबार विज्ञप्ति जारी गरी कलाको विकास र विस्तारमा निरन्तर योगदान दिएबापत कलाकार देसारलाई सो पुरस्कार प्रदान गरिएको जानकारी दिनुभएको छ ।
त्यसैगरी नारायणगोपाल युवा सङ्गीत पुरस्कार गायिका रिता केसीलाई प्रदान गर्ने निर्णय गरिएको छ । प्राडा दीपक जङ्गमको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले सो निर्णय गरेको हो ।
ललितपुर जिल्ला चापागाउँका सुरेम देसार दुई दशकभन्दा बढी समयदेखि नेपाली आधुनिक चित्रकला कर्ममा सक्रिय हुनुहुन्छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्