१६ मंसिर २०८२, मंगलवार

नेपालमा डिजेल-मट्टितेलको मूल्य घट्यो

कोलोराडोखबर संवाददाता , December 1st, 2025

नेपाल । नेपाल आयल निगमले डिजेल–मट्टितेलको मूल्य घटाउँदा हवाई इन्धनको मूल्य बढाएको छ ।

मंसिर १५ गतेबाट लागू हुनेगरी डिजल–मट्टितेलको मूल्य १ रुपैयाँले घटाइएको हो ।

निगम सञ्चालक समितको निर्णयअनुसार पहिलो वर्गको १४३ रुपैयाँ ५० पैसा, दोस्रो वर्गको १४५ रुपैयाँ र तेस्रो वर्गको १४६ रुपैयाँ तय भएको छ ।

यस्तै हवाई इन्धनको आन्तरिकतर्फ भने ६ रुपैयाँ बढेको छ । अन्तरराष्ट्रिय तर्फ ४२ डलरले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्