नेपाल । पुर्पक्षमा थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महरा तोकिएको धरौटी बुझाएर रिहा भएका छन् ।
सुन तस्करीको आरोपमा थुनामा रहेका महरालाई उच्च अदालत पाटनले २० लाख धरौटी तोकेपछि रिहाई प्रक्रियाका लागि काठमाण्डू जिल्ला अदालत उपस्थित गराइएको थियो । जिल्ला अदालत काठमाडौंका प्रवक्ता दीपक कुमार श्रेष्ठले महराले धरौटी बुझाएर रिहा भएको जानकारी दिए ।
न्यायाधीश अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उनलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको बिगो र तीन वर्षभन्दा बढी कैद सजाय माग गर्दै मुद्दा दायर गरिएको थियो ।
उनीमाथि विद्युतीय चुरोट (भेप) भित्र सुन लुकाएर ल्याएको माल भन्सारबाट छुटाउन दबाब दिएको आरोप लगाइएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्