१२ मंसिर २०८२, शुक्रबार

शुक्रबार बस्ने भनिएको नेपाली कांग्रेसको बैठक फेरि सर्यो

कोलोराडोखबर संवाददाता , November 28th, 2025

नेपाल । शुक्रबार बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आइतबारका लागि सारिएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार मङ्सिर १२ गते शुक्रबार दिउँसो २स्०० बजे पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बस्ने भनिएको बैठक त्यो दिन नबस्ने भएको छ।

उक्त बैठक मङ्सिर १४ गते आइतबार दिउँसो २स्०० बजे बस्ने भएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति हुन पार्टीले निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्