१२ मंसिर २०८२, शुक्रबार

नेपाल यु-१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश

कोलोराडोखबर संवाददाता , November 28th, 2025

नेपाल । नेपाल संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यु–१९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा नेपालले हङकङलाई एक सय १९ रनले हरायो ।

लगातार दोस्रो जित निकालेको नेपाल समूह विजेता बन्दै अन्तिम चारमा पुगेको हो । यसअघि मङ्गलबार भएको खेलमा नेपालले साउदी अरबियालाई आठ विकेटले हराएको थियो ।

जितका लागि नेपालले दिएको दुई सय ७१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको हङकङ ४०।५ ओभरमा सबै विकेटको क्षतिमा एक सय पाँच रनमा समेटिएको थियो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ७० रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो ।

नेपालले सेमिफाइनलमा शनिबार मलेसियासँग प्रतिस्पर्धा गर्नेछ । अर्को सेमिफाइनलमा घरेलु टोली युएई र ओमान भिड्नेछन् ।

प्रतिक्रिया दिनुहोस्