नेपाल । नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।
मंगलबार अध्यक्ष केपी शर्मा ओलीसँग वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रतिस्पर्धामा उत्रने घोषणा गरेका हुन् ।
पोखरेलले अध्यक्ष ओलीलाई अब अभिभावकको भूमिकामा बसेर नेतृत्व हस्तान्तरणतर्फ अगाडि बढ्न आग्रह गरेका छन्।
औपचारिक रूपमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका पोखरेलले वक्तव्यमार्फत पार्टी पुनर्गठन र रूपान्तरणका लागि कार्यकर्ताबाट आएको सुझावअनुसार आफूले अध्यक्षको उम्मेदवारी दिने उल्लेख गरेका छन् ।
एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म हुँदै छ ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्