९ मंसिर २०८२, मंगलवार

नयाँ नीति र नेतृत्वसहित नयाँ सभापतिको हस्ताक्षरमा पार्टी चुनावमा जाने गगनको दाबी

कोलोराडोखबर संवाददाता , November 25th, 2025

नेपाल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीमा अब विशेष महाधिवेशनको विकल्प नरहेको बताएका छन् ।

सोमबार सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले नयाँ नीति र नेतृत्वसहित नयाँ सभापतिको हस्ताक्षरमा पार्टी चुनावमा जाने दाबी गरेका छन् ।

“विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षर सहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ,” उनले भनेका छन् ।

पार्टी पंक्ति र शुभचिन्तकहरूले ‘पार्टीले वर्तमान सभापतिकै हस्ताक्षरमा चुनाव लड्ने भएको हो रु’ भनेर प्रश्न गरिरहेको सन्दर्भ कोट्याउँदै थापाले अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्