नेपाल । कप्तान दीपेन्द्र सिंह ऐरीको अलराउन्ड प्रदर्शनसँगै बलरहरु चम्किएपछि साविक उपविजेता सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग ९एनपिएल० मा लगातार तेस्रो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार साँझ भएको खेलमा सुदूरपश्चिमले कर्णाली याक्समाथि ४५ रनको रोमाञ्चक जित हात पार्यो । जितसँगै सुदूरपश्चिमले तीन खेलबाट ६ अङ्क बनाएको छ । शीर्षस्थानमा रहेको सुदूरपश्चिम जारी लिगमा अपराजित रहने दोस्रो टोली हो ।
लगातार तीन खेल जित्दै समान ६ अङ्क बनाएको विराटनगर किङ्सले दोस्रो स्थानमा छ । तीन खेलमा दोस्रो हार खेपेको कर्णालीको दुई अङ्क छ ।
जितका लागि एक सय ४० रनको सामान्य लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा ९४ रन मात्र बनाउन सक्यो ।
कर्णालीका लागि पवन सर्राफले सर्वाधिक २७ रन बनाउनुभयो । यस्तै मार्क वार्टले १७, कप्तान सोमपाल कामीले १४, गुल्शन झा र अर्जुन घर्तीले समान १३र१३ रन बनाउनुभयो ।
कर्णालीलाई स्तब्ध बनाउन बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले एक्लैले चार विकेट लिनुभयो । उहाँले पूरै चार ओभर बलिङ गर्दै २३ रन खर्चिनुभएको थियो ।
दीपेन्द्र सिंह प्लेयर अफ दि म्याच बन्नुभयो । यस्तै हर्मित सिंह र अविनाश बोहराले दुई दुई तथा हेमन्त धामी र स्कट कुगेलेइजनले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्र सिंह ऐरिले २८ बलमा एक चौका र दुई छक्काको सहयोगमा ३९ रन बनाउनुभयो ।
यस्तै आरिफ शेखले २५ बलमा तीन चौकासहित २७, हर्मित सिंहले १९ र क्रिस लिनले १८, ओपनर विनोद भण्डारीले ११ र स्कट कुगुलेइजनले १० रन बनाउनुभयो ।
बलिङमा कर्णालीका कप्तान सोमपाल कामीले सर्वाधिक तीन विकेट लिनुभयो । यस्तै नन्दन यादवले दुई तथा मार्क वार्ट, विपिन शर्मा र युवराज खत्रीले एक एक विकेट लिनुभयो ।
यता, कप्तान सन्दीप लामिछाने एक्लैले चार विकेट लिएपछि विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित निकालेको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार नै भएको खेलमा विराटनगरले साविक विजेता जनकपुर वोल्ट्सलाई नौ रनले हरायो ।
जितका लागि एक सय ३६ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर निर्धारित २० ओभरमा नौ विकेटको विकेटको क्षतिमा एक सय २६ रनमा समेटियो ।
जितसँगै तीन खेलबाट ६ अङ्क बनाएको विराटनगर शीर्षस्थानमा छ । लगातार दोस्रो हार खेपेको जनकपुरले अङ्कको खाता खोल्न सकेको छैन ।
जनकपुरका लागि जान निकोल लप्टी(इटोनले सर्वाधिक ४१ रन बनाउनुभयो । यस्तै लाहिरु मिलान्थाले २३, सन्जय कृष्णमूर्तिले २० र आशिफ शेखले १३ रन बनाउनुभयो ।
जनकपुरलाई निराश बनाउन बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछाने एक्लैले चार विकेट लिनुभयो । उहाँले चार ओभरमा जम्मा ११ रन मात्र खर्चिनुभयो । सन्दीप प्लेयर अफ दि म्याच हुनुभयो ।
यस्तै सूर्य तामाङले दुई तथा शुभम् रन्जने र मर्सेन्ट डे लन्जले एक एक विकेट लिनुभयो । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय ३५ रन बनाएको थियो ।
विराटनगरका लागि शुभम् रन्जनेले सर्वाधिक ३७ रन बनाउनुभयो । यस्तै बसिर अहमदले ३६, ओपनर लोकेश बमले २८, माटिन गुप्टिलले १३ र जर्ज मुन्सीले १० रन बनाउनुभयो ।
बलिङमा जनकपुरका सांगीत कुरे र रुपेश सिंहल दुई दुई तथा आदित्य महताले एक विकेट लिनुभयो । यसअघि विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमान्डु गोर्खाजलाई हराएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्