नेपाल । नेपाली कांग्रेसले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा र आगामी माघ ११ गतेका लागि तय भएको राष्ट्रिय सभा निर्वाचनमा भाग लिनका लागि दल दर्ता गराएको छ ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले निर्वाचन आयोगमा पुगेर आइतबार बिहान दल दर्ता गराएका आयोगले जनाएको हो ।
आयोगका अनुसार दल दर्ता प्रयोजनका लागि प्रतिनिधि सभाको ४२ नम्बरमा र राष्ट्रिय सभाको ९ नम्बरमा दल दर्ता भएको हो ।
शनिवार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गर्दै त्यसको जिम्मेवारी मुख्यसचिव पौडेललाई दिएको थियो ।

कोलोराडोखबर संवाददाता
प्रतिक्रिया दिनुहोस्